दफा १२
नाम दर्ताका लागि दरखास्त दिनु पर्ने
(१) परिषद्मा नाम दर्ता गराउन चाहने फर्मासिष्ट वा फार्मेसी सहायकले तोकिए बमोजिमको ढाँचामा परिषद्मा दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाको बखत फार्मेसी व्यवसाय गरिरहेका फर्मासिष्ट तथा फार्मेसी सहायकले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र परिषद्मा नाम दर्ता गराउनको लागि उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने फर्मासिष्ट तथाफार्मेसी सहायकले दरखास्त साथ शिक्षण संस्थाबाट प्राप्त उपाधि, प्रमाणपत्र लगायतका अन्य कागजात तथा तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।